अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू


काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघि बैठक सुरू भएको हो। 

आजको बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ। साथै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अब बन्ने सरकारमा पठाउने मन्त्रीहरूबारे पनि निर्णय लिने पार्टीको तयारी गरेको छ ।

अध्यक्ष ओलीले हिजो (शनिबार) नै राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेस गरिसक्नुभएको छ। अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले भोलि (आइतबार) नियुक्त गर्ने तयारी गरेका छन्।