अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली भोलि प्रधानमन्त्री नियुक्त हुने

एमाले अध्यक्ष ओली भोलि प्रधानमन्त्री नियुक्त हुने


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भोलि (आइतबार) प्रधानमन्त्रीमा नियुक्त हुनु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई आइतबार बिहान प्रधानमन्त्रीमा नियुक्त गर्न लाग्नु भएको हो।

नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति नै एमाले अध्यक्ष ओलीले संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्री दाबी पेश गर्नुभएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति  रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिनुभएको छ।

राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने भएको हो। ‘भोलि दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो।

स्रोतका अनुसार, आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नेछन्। ‘आइतबार अबेर हुने भएकाले सोमबार बिहान ११ बजे शपथ लिने तयारी छ’ स्रोतले भन्यो ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीको शपथ लिए लगत्तै एमालेबाट विष्णुप्रसाद पौडेल र कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिने तयारी गरेको छ ।