अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले र कांग्रेस मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन: ईश्वर पोखरेल

एमाले र कांग्रेस मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन: ईश्वर पोखरेल


काठमाडौँ-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेस र एमाले मिलेर बन्ने अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई फेल वा असफल हुने छुट नभएको बताउनु भएको छ।

नेता पोखरेलको भन्नुभयो, ‘कांग्रेस र एमाले मिलेर बनेको सरकारलाई फेल वा असफल हुने छुट नै छैन।’ मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै आर्थिक, सामाजिक सुधार गर्न जरुरी भएकाले कांग्रेस र एमालेले सत्ता सहकार्य गर्न अनिवार्य भएको नेता पोखरेलले बताउनु भयो।

मुलुकको हित र नेपाली जनताको सम्मृद्धिको चाहना पूरा गर्नु अहिलेको आवश्यकता भएकाे नेता पाेखरेलले बताउनु भयो ।

उहाँले नेपाली कांग्रेस र एमाले मुलुकका जिम्मेवार राजनीतिक पार्टी भएकाे बताउनु भयो। उहाँले देश र जनताको हितविपरित गएर कुनै काम नगर्ने दाबी गर्नुभयो।  ‘कांग्रेस र एमालेको लामो राजनीतिक इतिहास छ। उनीहरुले त्यो इतिहास जोगाउन पनि पार्टीगत स्वार्थ छाडेर मुलुकको हित सोच्छन्’, पोखरेलको भनाइ छ ।