अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित

उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित


काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित भएको छ।

अध्यक्ष ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको एक स्रोतले जनाएको छ। जसमा एमाले र कांग्रेसका एक-एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् ।

दुई ठूला दलबाट एक-एकजना उपप्रधानमन्त्री राख्ने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको जनाएको छ। विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्रीको जिम्मा पाउने निश्चित जस्तै भएको जनाएको हो। एमालेबाट मन्त्री को को भन्नेबारे टुंगो लाग्न बाँकी रहेको जनाएको छ।

सरकारमा सहभागी हुने दलहरूको टुङ्गो लागेपछिमात्र कुन कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने टुंगाे लाग्न बाँकी रहेको जनाएकाव छ।

कांग्रेस एमालेबाहेकका साना दललाई अहिले नै सरकारमा समेट्ने वा केही दिनपछि भन्ने शीर्ष नेताहरूबिच छलफल जारी भएकाले सोही अनुसार निर्णय हुने जनाएको छ।

एमालेबाहेकका दलहरू राप्रपा, जसपा, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत नयाँ सत्ता समीकरणप्रति सकारात्मक छन् । यी दलमध्ये राप्रपा सरकारमा जाने या नजाने भन्नेबारे निर्णय गरिसकेको छैन । अरू दल भने सरकारमै जाने सङ्केत गरिसकेका छन् ।