अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, गृहमा लेखक, परराष्ट्रमा आरजु

कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, गृहमा लेखक, परराष्ट्रमा आरजु


काठमाडौं-नेपाली कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयका लागि प्रस्तावित मन्त्रीको नाम नाम टुंगो लगाएको छ। कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्ने जनाएको छ। उहाँले ऊर्जा वा रक्षा मन्त्रालयको विभागीय जिम्मेवारी पनि पाउउनु हुने जनाएको छ।

गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानून मन्त्रालयमा अजय चौरसिया र सहरी विकासमा किशोरसिंह राठौरको नाम तय भएको छ।

यस्तै स्वास्थ्यमा प्रदीप पौडेल, पर्यटनमा रामनाथ अधिकारी, कानुन वा कुनै एकमा हृदयराम थानी र ऊर्जा वा अर्को कुनै मन्त्रालयमा तेजुलाल चौधरीको नाम तय भएको छ।