अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् एमालेबाट सरकारमा जाने ८ मन्त्री (सूचीसहित)

यी हुन् एमालेबाट सरकारमा जाने ८ मन्त्री (सूचीसहित)


काठमाडौं-नेकपा एमालेले सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ। शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

स्रोतका अनुसार एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ। त्यसैगरी मन्त्री बन्ने अन्य नेताहरूमा उपमहासचिव पृथ्वीसुबबा गुरुङ, सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्मा छन् ।

त्यस्तै कृष्णगोपाल श्रेष्ठ, जुलीकुमारी महतो, विद्या भट्टराई र दामोदर भण्डारी पनि एमालेबाट मन्त्री बन्ने तय भएको छ।

उहाँहरूले पाउने मन्त्रालयको बारेमा अझै केही बताइएको छैन । शपथ ग्रहणको बेलासम्म केही नाम र जिम्मेवारी हेरफेर हुनसक्ने भएकाले सार्वजनिक नगरिएको एमालेका एक स्रोतले बताए ।

एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि, व्यवस्था तथा सहकारी, शिक्षा, विज्ञान तथा प्रविधि र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय पाएको छ।