अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा नेता-कार्यकर्तासँग च्यासलमा भेटघाट गर्नुहुँदै

प्रधानमन्त्री ओलीद्वारा नेता-कार्यकर्तासँग च्यासलमा भेटघाट गर्नुहुँदै


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिंदै हुनुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहान ११ बजेका लागि शपथ गराउने कार्यक्रम छ। 

नवनियुक्त प्रधानमन्त्री ओलीले शपथ लिनु जानु भन्दा अगाडी एमालेको केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्नुहुने भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सदनमा विश्वासको मत नपाएपछि शुक्रबार नै संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान भएको थियो। नेपाली कांग्रेस र नेकपा एमालले १६६ सांसदको हस्तारसहित शुक्रबार नै दाबी पेस गरेका थिए।