अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका केही मन्त्रीको नाम हेरफेर

एमालेका केही मन्त्रीको नाम हेरफेर


काठमाडौं-नेकपा एमालेले अन्तिम समयमा मन्त्रीहरूको नाम हेरफेर गरेको छ।

आइतबार राति टुङ्गिएका नाममध्ये योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको नाम हटाइएको हो। उहाँहरूको ठाउँमा देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राईलाई मन्त्री बनाउने टुंगो लागेको छ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीकाे शपथ लिँदै हुनुहुन्छ। त्यस्तै पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री र विद्या भट्टराई शिक्षामन्त्री बन्दैछन्।

त्यसैगरी बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र मानवीर राई रक्षामन्त्री बन्दैछन्। यस्तै एमालेबाट राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् ।

एमालेबाट मन्त्री बन्नेमा विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल, मानवीर राई पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।

नयाँ मन्त्रीहरूको शपथ आजै हुँदै छ। कांग्रेसका तर्फबाट पनि ९ जना मन्त्रीको नाम हिजै तय भइसकेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो। प्रधानमन्त्रीको शपथ बिहान ११ बजे तय भएको छ। त्यसलगत्तै मन्त्रीहरूको पनि शपथ हुने भएको छ।

संविधानको धारा ७६ (२) अनुसार नेपाली कांग्रेससहितको समर्थनमा ओलीले शुक्रबार राति राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनको दाबी पेस गरेका थिए।