अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथग्रहण

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथग्रहण


काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली)ले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। 

सोमबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहबीच ओलीले राष्ट्रपति पौडेलसँग शपथ ग्रहण गर्नुभएको हो।नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलबाट पद तथा गोपनियताको शपथ लिनुभएको हो ।

शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट शुक्रबार पदमुक्त भएपछि एमाले र कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बन्नुभएको हो । योसँगै ओली चौथो पटक नेपालको प्रधानमन्त्रीमा बन्नभएको हो।