अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भौतिकमन्त्री दाहालको पहिलो निर्णय: राष्ट्रिय यातायात ऐनको मस्यौदा मन्त्रिपरिषद् लैजाने

भौतिकमन्त्री दाहालको पहिलो निर्णय: राष्ट्रिय यातायात ऐनको मस्यौदा मन्त्रिपरिषद् लैजाने


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै उहाँले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो। 

उहाँले भदभार सम्हाल्दै मन्त्रालयमा पहिलो राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गर्नुभएको छ। एमालेबाट सरकारमा सहभागी उहाँको मन्त्रालयमा पहिलो यात्रा हो।

लामो समय सम्म झापाको राजनीतिमा रहेर विभिन्न तहको जिम्मेवारी पूरा गर्नु भएका नेता दाहाल संगठन सञ्चालन काम गर्ने क्रममा २०४५ साल देखि तत्कालीन नेकपा मालेको झापा जिल्ला कमिटीमा आवद्ध हुनु भयो भने सोही बेलादेखि २०५१ सालसम्म नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालयको जिम्मेवारीमा काम गर्नुभयो। २०५१ देखि २०५३ सम्म जिल्ला उपसचिव रहनुभएका दाहाल २०५३ जेठ २३ गते देखि २०६६ साल भदौ २७ गतेसम्म एमाले झापाको नेतृत्व सम्हाल्नु भयो। करीब १३ वर्ष अर्थात चार कार्यकाल झापा एमालेको नेतृत्व गरेको उहाँसँग अनुभव छ। झापामा २०५४, २०५६ सालको आम निर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टी कमाण्ड समेत उहाँले सम्हाल्नु भएको थियो।