अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राखिने

मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राखिने


काठमाडाैं-सरकारले मन्त्रिपरिषद्‍का निर्णय २४ घण्टासम्म गोप्य राख्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै सरकारका प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जिम्मेवारी दिइएको छ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले तत्काल सार्वजनिक गर्नुपर्ने विषयबाहेक मन्त्रिपरिषदका निर्णय २४ घण्टासम्म गोप्य राख्ने बताउनु भयो।

‘मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राखिन्छ। हामी २४ घण्टासम्म गोप्य रहन्छ भन्ने, मन्त्रीहरूले पनि त्यसलाई बाहिर लान पाउँदैन। प्रधानमन्त्री, मन्त्री कसैले लान पाउँदैन’ उहाँले भन्नुभयो, ‘तर हामी के गर्दा रैछौँ? आजको चाहिँ आजै? तपाइँहरूले २४ घण्टापछि जानकारी पाउने विषय पनि आजै भन्दिदारैछौँ के। त्यो त हाम्रो गोपनीयताको विरुद्धमा हुन्छ।’

मन्त्री गुरुङले तत्काल सार्वजनिक गर्नुपर्ने विषय भने मन्त्रिपरिषदले निर्णय गरेर सार्वजनिक गर्ने पनि सुनाउनु भयो ।