अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा साउन ६ गते देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीद्वारा साउन ६ गते देशवासीका नाममा सम्बोधन गर्ने


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते बस्ने संसद बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ।

प्रधानमन्त्री ओलीले संसदमार्फत देशबासीलाई साउन ६ गते बस्ने संसद बैठकमा सम्बोधन गर्ने नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

सोमबार बसेको प्रधानमन्त्री ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई एक महिनाभित्र केही न केही फरक गरेर देखाउन ओलीले निर्देशन पनि दिनुभएको छ।

कांग्रेस-एमाले गठबन्धनबाट बनेको सरकारले आजै पूर्णता पाएको छ। जसमा एमालेका प्रधानमन्त्रीसहित ९ जना, कांग्रेसबाट १० जना मन्त्री बनेका छन्। त्यस्तै, लोसपाबाट एकजना र अशोक राई नेतृत्वको जसपाबाट २ जना मन्त्री बनेका छन् ।