अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक महिनाभित्र जनताले अनुभूति गर्ने काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन

एक महिनाभित्र जनताले अनुभूति गर्ने काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौँ-नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनतालाई अनुभूति हुनेगरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा  प्रधानमन्त्री ओलीले सो निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।

त्यसैगरी प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराउनु भयो ।  ६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउने र एक वर्ष भित्र इन्डिकेटरको हिसाबले पनि देखिने गरी परिणाममुखी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङले बताउनु भयो। 

विकास, निर्माणको काम, उत्पादन वृद्धिको काममा आपसी समन्वय गरेर अघि बढ्न पनि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनु भएको थियो। सरकारलाई असफल हुने छुट नभएकाले त्यो अनुसार आपसी समन्वय गरेर काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङले बताउनु भयो ।