अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीलाई एमाले काठमाडौंद्वारा शुभकामना

प्रधानमन्त्री ओलीलाई एमाले काठमाडौंद्वारा शुभकामना


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले बधाई तथा शुभकामना दिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो। 

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेल लगायतको सहभागिता रहको थियो। 

एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार चौथो कार्यकालका लागि देशको प्रधानमन्त्री नियुक्त हुनुभएको छ। उहाँले सोमबार शपथग्रहण गर्नुभएको छ।