अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री आरजु र भारतीय राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री आरजु र भारतीय राजदूतबीच भेटवार्ता


काठमाडौं-परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। मन्त्री देउवासँग शिष्टाचार भेटघाटका लागि श्रीवास्तव मंगलबार परराष्ट्र मन्त्रालय पुग्नुभएको हो।

उहाँहरूबीच विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। नेपाल–भारतबीच सम्बन्ध र सहकार्यबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रीमा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशंकरले पनि ट्विटमार्फत बधाई तथा शुभकामना दिनुभएको थियाे ।