अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीलाई एमाले रामेछापका नेताहरूद्वारा बधाई तथा शुभकामना

प्रधानमन्त्री ओलीलाई एमाले रामेछापका नेताहरूद्वारा बधाई तथा शुभकामना


काठमाडौं-नेकपा एमाले रामेछाप काठमाडौंमा उपलब्ध नेताहरूले केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई तथा शुभकामना दिनुभएको छ। 

मंगलबार नेकपा एमाले सिन्धुपाल्चोकले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको  बधाई तथा शुभकामना कार्यक्रममा उहाँहरूले शुभकामना दिनुभएको हो।

नेकपा एमाले वाग्मती प्रदेश सदस्य तथा खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव मीलनकुमार घिसिङ, मखमली श्रेष्ठ लगायत जिल्ला कमिटी सदस्यहरू, नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष प्रमोद भण्डारी (रवीन्द्र) , राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष कृष्णाहरि केसी लगायत नेताहरू वालुवाटार पुगेर प्रधानमन्त्रीलाई शुभकामना दिएको नेकपा एमाले रामेछापका सदस्य राकेश श्रेष्ठले जानकारी दिनुभयो। 

उहाँहरूले प्रधानमन्त्री ओलीलाई खादा तथा पुष्प गुच्छा दिएर बधाई दिनुभएको थियो। साथै उहाँहरूले ओलीको कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।