अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सिमलताल पहिरोः मृतकका परिवारलाई एक लाख दिइने

सिमलताल पहिरोः मृतकका परिवारलाई एक लाख दिइने


धनुषा-मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई रु.एक लाखका दरले राहत दिने भएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति रु एक लाखका दरले राहत उपलब्ध गराउने बताउनुभयो। 
'दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ', मुख्यमन्त्री सिंहले रासससित कुरा गर्दै भन्नुभयो, 'मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ।' मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताउनुभयो।