काठमाडौं-नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले शिक्षकहरुलाई मासिक रु.२ हजार रुपैयाँ खाजा भत्ता दिन प्रस्ताव गर्नुभएको छ।
बुधबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उहाँले शिक्षकको मनोबल बढाउन खाजा भत्ताको व्यवस्था गर्नु उचित हुने धारणा राख्नुभयो।
विद्यालय शिक्षा विधेयकमाथि छलफलका लागि बसेको समिति बैठकमा उहाँले भन्नुभयो, ‘शिक्षकलाई मासिक दुई हजार खाजा भत्ता दिन सकिए राम्रो हुन्छ।’
उहाँले विगतमा शिक्षकहरुसँग भएको सहमति समेट्ने गरी विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने पनि बताउनु भयो।







प्रतिक्रिया