अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गैरकानुनी विद्युत् बक्यौता तिर्न उद्योगी बाध्य छैनन्: अर्थमन्त्री पौडेल

गैरकानुनी विद्युत् बक्यौता तिर्न उद्योगी बाध्य छैनन्: अर्थमन्त्री पौडेल


उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले विद्युत् प्राधिकरणले विना प्रमाण उद्योगीसँग विद्युत् महशुलको बक्यौता उठाउन बाध्य पार्न नसक्ने बताउनु भएको छ।

उद्याेग वाणिज्य महासंघसँग बुधबार छलफल गर्दै मन्त्री पाैडेलले प्राधिकरणले बिल देखाउनुपर्ने बताउनु भएको हो।

गैरकानुनी बक्यौता तिर्न व्यवसायी बाध्य नहुने अर्थमन्त्री पौडेलको भनाइ छ। उहाँले यसकै लागि व्यवसायी फेरि डेलिगेसन आउनु नपर्ने पनि बताउनु भयो। उद्योगीहरुलाई उहाँले डेडिकेटेड ट्रक लाइनकाे विषयले डर त्रासले बस्नु नपर्ने आश्वासन दिनुभयो।

मन्त्री पाैडेलले भन्नुभयो, ‘यहाँहरूले बिल माग्नु हुन्छ। बिल दिन सक्दैन भने गैरकानुनी डर मान्नुपर्दैन।’ 

व्यवसायीहरूले निजी क्षेत्रका समस्या समाधान गर्न संयन्त्र बनाउन आग्रह गरेका थिए।