अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली साउन ६ गते विश्वासको मत लिनुहुने

प्रधानमन्त्री ओली साउन ६ गते विश्वासको मत लिनुहुने


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिनुहुने भएको छ।

प्रधानमन्त्री ओलीले २०८१ साउन ६ गते आइतबार विश्वासको मत लिन लाग्न भएको सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतबार असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । त्यसको भोलिपल्ट ३१ गते सोमबार उहाँले पद तथा गोपनीयताको शपथ लिनुभयो । 

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। प्रधानमन्त्री ओलीले सत्ता पक्षका दलका नेता तथा प्रमुख सचेतकहरूसँग छलफल गर्दै ६ गतेका लागि विश्वासको मत लिने समय तय गर्नुभएको बर्तौलाले बताउनुभयो। 

प्रधानमन्त्रीले ६ गते नै देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम  छ।