अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपाल प्रतिभाको देश हो: प्रधानमन्त्री ओली

नेपाल प्रतिभाको देश हो: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रतिभाहरूको देश भएको बताउनु भएको छ। बुधवार छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।

उहाँले वेदका ऋषाहरु समेत नेपाल भूमिमै लेखिएको भन्दै पहिलो गुरु, पहिलो दार्शनिक, पहिलो योगी, आदि दार्शनिक पनि यही भूभागका भएको बताउनु भयो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कला, संस्कृति, सङ्गीत, गायन, नृत्य र वाद्यवादन लगायतको विकास गर्न सक्ने ठाउँ हो। प्रतिभाहरूको देश हो।’ उहाँले यस्ता प्रतिभाहरूलाई सम्मानित र प्रशंशित गर्ने काम गरेकोमा छिन्नलता पुरस्कार गुठीलाई धन्यवाद दिनुभयो।

कला, संस्कृति, सङ्गीत, गायन, नृत्य र वाद्यवादन लगायतको विकास गर्न सक्ने ठाउँ हो। प्रतिभाहरूको देश हो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गर्नुभयो।

यसैगरी प्रधानमन्त्री ओलीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गर्नुभयो । छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही रु एक लाखको छभने युवा पुरस्कार रु ५० हजारको रहेको छ।