अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीलाई  लोकतान्त्रिक आदिवासी जनजाती महासंघद्वारा शुभकामना

प्रधानमन्त्री ओलीलाई  लोकतान्त्रिक आदिवासी जनजाती महासंघद्वारा शुभकामना


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालका नेताहरूले बधाई तथा शुभकामना दिनु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री ओलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालका उपमहासचिव देवराज राईले जानकारी दिनुभयो। उहाँले चौथो पटक प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई तथा शुभकामना दिएको बताउनुभयो।

नेकपा एमाले जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकाल, एमाले स्थायी कमिटी सदस्य तथा पूर्व वरिष्ठ उपाध्यक्ष महासंघ शेरबहादुर तमाङ,  पोलिटव्यूरो कमिटी सदस्य तथा महासंघ इन्चार्ज गोकुल घर्ती मगर र महासंघ अध्यक्ष पासाङ शेर्पासहित पदाधिकारीहरु र ५३ जातिय घटक संघको अध्यक्षहरुले प्रधानमन्त्री ओलीलाई शुभकामना तथा बधाई दिनुभएको हो। उहाँहरूले प्रधानमन्त्री ओलीलाई खादा तथा पुष्प गुच्छा दिएर बधाई दिनुभएको थियो। साथै उहाँहरूले ओलीको कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई २०८१ असार ३० गते आइतबार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । त्यसको भोलिपल्ट ३१ गते सोमबार उहाँले पद तथा गोपनीयताको शपथ लिनुभयो ।