अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्री विष्णु पौडेललाई एमाले उदयपुरका नेताहरुद्वारा बधाई तथा शुभकामना

अर्थमन्त्री विष्णु पौडेललाई एमाले उदयपुरका नेताहरुद्वारा बधाई तथा शुभकामना


काठमाडौं-उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई नेकपा एमाले उदयपुर काठमाडौंमा सहभागी नेताहरूले बधाई तथा शुभकामना दिनुभएको छ।

नेकपा एमाले पोलिटव्यूरो सदस्य मञ्जु चौधरीसहितको नेतृत्व टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई उहाँकै निजी निवास भैंसेपाटी, ललितपुर पुगेर बधाई तथा शुभकामना दिएको हो।

मन्त्री पौडेलको निजी निवासको कार्यकक्षमा भएको बधाई तथा शुभकामना कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य मञ्जु चौधरीले नवनियुक्त अर्थमन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। यसैगरी एमाले कोशी प्रदेश कमिटीका सदस्य एवं उदयपुर क्षेत्र-२ का प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीले पनि अर्थमन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

अन्य सहभागी नेताहरूले उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेललाई खादा लगाइ दिएर बधाई दिनुभएको थियो। साथै उहाँहरूले अर्थमन्त्री पौडेलको कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। खादा लगाइ दिएर बधाई दिने क्रममा अर्थमन्त्री पौडेले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र सुझाव अनुसार  बधाई तथा शुभकामनाका दिनका लागि अब सादा, अविर र माला केही ल्याउनु पर्दैन।’

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई शुभकामना दिनका निम्ति नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य एवं उदयपुर क्षेत्र–२ का प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी, कोशी प्रदेश कमिटीका सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालका उपमहासचिव देवराज राई, पूर्व सदस्य दुर्गा थापा (स्वस्तिक) उदयपुर जिल्ला कमिटीका सचिव टेकबहादुर राउत, सदस्यहरु नोख श्रेष्ठ, उद्धव सिंह थापा, नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीका सदस्य सरोज थापा, भिम दर्नाल, नेकपा एमाले उदयपुर काठमाठडौं सम्पर्क मञ्चका अध्यक्ष रीता थापा, उपाध्यक्ष खड्गबहादुर मगर, सचिव होम डाँगी र कोषाध्यक्ष गोपाल निरौला साथै एमाले लिम्चुङबुङ गाउँपालिका कमिटीका सचिव मनराज राई (चित्र) एमाले लिम्चुङबुङ गाउँपालिका उदयपुर काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अनिल राई, सचिव केबी राई सभागी हुनुहुन्थ्यो।