अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा

प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त हुनुभएको छ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सल्लाहकारमा उपमहासचिव रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो।

उपमहासचिव रिमाल यसअघिका कार्यकालमा पनि प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार हुनुभएको थियो। रिमालले ओली प्रधानमन्त्री हुँदा र नहुँदा पनि सबै राजनीतिक र प्राविधिक कामहरूको व्यवस्थापन गर्दै आउनु भएको छ।

खतिवडा २०७४ सालमा बनेको मन्त्रिपरिषद्मा अर्थमन्त्री बन्नुभएको थियो। त्यसपछि उहाँ अमेरिकाका लागि राजदूत पनि नियुक्त हुनुभएको थियो । उहाँ नेपाल राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि भइसक्नुभएको छ।