अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्तिसँगै विष्णु रिमालले भन्नुभयो: इमानदारीपूर्वक काम गर्नेछु

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्तिसँगै विष्णु रिमालले भन्नुभयो: इमानदारीपूर्वक काम गर्नेछु


काठमाडौं-नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य सल्लाहकार विष्णु रिमालले इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ।

उपमहासचिव रिमालले सामाजिक सञ्जाल फेसबुक मार्फत्प्र तिवद्धता जनाउनु भएको हो। प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त भएपछि प्राप्त बधाई तथा शुभकामनाबाट काम गर्न थप प्रोत्साहल मिलेको भन्दै रिमालले आफूले सक्दो मेहनतपूवर्क काम गर्ने बताउनु भएको छ।

उपमहासचिव रिमाले लेख्नुभएको छ, ‘मेरो नियुक्तिप्रति सद्भाव र शुभेच्छा व्यक्त गर्दै भावी दिनमा कामका लागि हौसला प्रदान गर्नुहुने सबैमा हार्दिक धन्यवाद ! सबैको सहयोग प्राप्त रहने आशा गरेको छु।’

बिहीवार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको मुख्य सल्लाहकार र पूर्वअर्थमन्त्री डा. युवाराज खतिवडालाई आर्थिक सल्लाहकारमा नियुक्त गरेको थियाे।

उपमहासचिव रिमाल भन्नुहुन्छ, ‘मैले पहिले पनि प्रधानमन्त्रीको मूख्य सल्लाहकारको रुपमा काम गरें। त्यसका अप्ठ्यारा, सजिला पाटा मेरो अनुभूतिमा छन्। अहिले पनि मेरो काँधमा त्यस्तै जिम्मेवारी आएको छ। यस जिम्मेवारीप्रति हृदयबाटै इमान्दार रहने छु। यस्तो अवसर जुटाइदिनुहुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु। मेरो नियुक्तिप्रति सद्भाव र शुभेच्छा व्यक्त गर्दै भावी दिनमा कामका लागि हौसला प्रदान गर्नुहुने सबैमा हार्दिक धन्यवाद ! सबैको सहयोग प्राप्त रहने आशा गरेको छु।’