अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप


काठमाडौं-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ।

४ साउन शुक्रबार नेपाली कांग्रेस प्रदेश सम्पर्क कार्यालय ललितपुरमा बसेको बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत नदिन ह्वीप जारी गरेको हो।

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा लगाएतका पदाधिकारीहरू सहित बसेको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको कांग्रेस बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिनुभयो।

मुख्यमन्त्री जम्मकट्टेलले साउन ६ गते आइतबार प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम छ।

गत असार २४ मा नेकपा एमालेले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको थियो।

कांग्रेसले आफ्ना सांसदहरूलाई विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो। बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन्।