काठमाडौं-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालले बधाई तथा शुभकामना दिएको छ।
लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको नेतृत्व टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेर बधाई तथा शुभकामना दिएको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालका उपमहासचिव देवराव राईले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालका नेताहरुले हार्दिक बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएको हो।’
तस्वीरमा हेर्नुहोस्
प्रतिक्रिया