अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने : दुई तिहाई साँसदले समर्थन गर्ने

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने : दुई तिहाई साँसदले समर्थन गर्ने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई दुई तिहाइ साँसदले विश्वासको मत दिंदैछन् ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नु भएको हो ।

प्रधानमन्त्री ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो । सरकारमा एमाले, कांग्रेससहित जसपा र लोसपा सहभागी छन् ।
सरकारमा सहभागी कांग्रेसको ८८, एमालेको ७७, जसपाको ७ र लोसपाको ४ गरेर १७६ सांसद रहेका छन । दुई तिहाइ बहुमत जुटाउनको लागि १८४ सांसदको समर्थन आवश्यक पर्छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टीले पनि सरकारलाई बिश्वासको मत दिने निर्णय गरेको छ । जसपाको ५ र जनमत पार्टीको ६ सांसद रहेका छन ।

अहिलेसम्म ओलीलाई समर्थन गर्ने दलहरुको आधारमा सांसदको संख्या १८७ पुग्छ । प्रतिनिधिसभामा दुई तिहाईका लागि १८४ सांसदको समर्थन चाहिन्छ ।