अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धन फेरिएपछि कर्णाली सरकारबाट माओवादी मन्त्रीहरुले राजिनामा दिंदै

सत्ता गठबन्धन फेरिएपछि कर्णाली सरकारबाट माओवादी मन्त्रीहरुले राजिनामा दिंदै


काठमाडौं- नेकपा माओवादी केन्द्रबाट कर्णाली सरकारमा सहभागी चारजना मन्त्रीले राजीनामा दिने तयारीमा रहेका छन्। नेकपा एमालेले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा माओवादीबाट महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावत मन्त्री छन्।
केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास, परियार जलस्रोत तथा उर्जा र रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्।

उनीहरु चारै जनाको आज राजीनामा आउन सक्ने स्रोतले दाबी गरेको छ।
स्रोतका अनुसार माओवादीका मन्त्रीहरू राजीनामा लगायतका विषयमा दलका नेता तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्मासँग आज बिहानैदेखि छलफलमा जुटेका छन्।