अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्माण क्षेत्रमा व्यापक सुधार गरिनेछ : प्रधानमन्त्री ओली

निर्माण क्षेत्रमा व्यापक सुधार गरिनेछ : प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण क्षेत्रमा आफूले व्यापक सुधार गर्ने प्रतिवद्धता जनाउनु भएको छ । संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले थालेको काम सक्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले कालिकोट जिल्लाको एउटा सडक २०६५ सालमा निर्माण थालेको एउटा सडकको प्रगति हालसम्म १५ प्रतिशत मात्र भएको उल्लेख गर्नु भएको छ । उहाँले अब काम थाल्ने मात्र होइन सरकारले काम सक्ने मिति तोकेर त्यसै अनुसार निर्माणमा तिव्रता दिनु बताउनुभयो ।
उहाँले निर्माण सम्पन्न गरेर बसेका तर भुक्तानी नपाएका निर्माण व्यावशायीको रकम तत्काल भुक्तानी दिने बताउनुभएको छ ।