अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

१२ बुँदेको आयु सकियो, अबको राजनीति ७ बुँदेले निर्देशित गर्नेछ: गोविन्द थापा

१२ बुँदेको आयु सकियो, अबको राजनीति ७ बुँदेले निर्देशित गर्नेछ: गोविन्द थापा


काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले आजबाट माओवादी र सात दलबीच भएको दुई दशक पूरानो १२ बुँदे सम्झौता विस्थापित भएर नयाँ सात बुँदे सम्झौता स्थापित हुने बताउनु भएको छ।

नेता गोविन्द भन्नुहुन्छ, ‘१२ बुँदे सम्झौताको सान्दर्भिकता खत्तम भइसकेको थियो। त्यो सम्झौताको ब्याट्री मात्र होइन इन्जिन नै काम नलाग्ने भइसकेको थियो। त्यसैले नयाँ परिवेशमा नयाँ सम्झौता आवश्यक थियो। यही तथ्यवोध गरेर नेकपा एमाले र नेपाली कांग्रेसले सात बुँदे सम्झौता गरेका हुन्।’

सात दल र माओवादीबीच २०६२ मंसिरमा १२ बुँदे सम्झौता भएको थियो सो सम्झौताको जगमा टेकेर राजनीति अगाडि बढाइएको थियो भने नयाँ संविधान पनि बनेको थियो। तर, अब सो सम्झौताले मुलुकलाई गाइड गर्न नसक्ने थापाको भनाइ छ।

नेता थापाले भन्नुभयो– ‘अब मुलुकलाई निर्देशित गर्ने एकमात्र आधिकारिक दस्तावेज संविधान हो। सो संविधानमा सुधार गर्न, मुलुकमा विकास, समद्धि र सुशासन दिन नयाँ सम्झौता चाहिएको थियो। त्यसैले सात बुँदे सम्झौता गरिएको हो।’

१२ बुँदे सम्झौता भारतको राजधानी दिल्लीमा भएको थियो। सात बुँदे सम्झौता भने कांग्रेस र एमाले मिलेर काठमाडौंमै गरेका हुन् । गोविन्द भन्नुहुन्छ– ‘सात बुँदे अर्गानिक सम्झौता हो । यसमा विदेशीले चल्न खेल्न पाएका छैनन् । त्यसैले यो सम्झौताले दिने परिणाम देशको हितमा हुनेछ।’

१२ बुँदे अब इतिहासको विषय भइसकेको नेता थापाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आयु समाप्त भएको १२ बुँदे अब इतिहासको विषय भइसक्यो । १२ बुँदेको सेरोफेरोमा भएका गल्ती र उपलब्धीहरुबाट पाठ सिक्दै एमाले र कांग्रेसले सात बुँदे गरेका हुन्। अबको राजनीति सात बुँदेले निर्देशित गर्नेछ।’

अहिले देशलाई आर्थिक विकास, समृद्धि र सुशासन चाहिएको उहाँले बताउनु भयो। ’