काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताउनु भएको छ।
आइतबार विश्वासको मतको प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘भ्रष्टाचार म गर्दिन अरूलाई पनि गर्न दिन्न। म फेरि भन्छु भ्रष्टाचार म गर्दिन, अरूलाई पनि गर्न दिन्न।’
प्रतिक्रिया