अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले विद्युत् प्राधिकरणमाथि छानबिन गर्छ: प्रधानमन्त्री ओली

सरकारले विद्युत् प्राधिकरणमाथि छानबिन गर्छ: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणमाथि छानबिन गर्ने बताउनु भएको छ। आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले प्राधिकरणमाथि छानबिन गर्ने बताउनु भएको हो।

उहाँले यसभन्दा अगाडि पनि विद्युत् लाइन काटिएको र के–के दिएर मिलाएपछि जोडिएको र के–के नमिलेपछि फेरि काट्ने र जोड्ने काम भइरहेको दाबी गर्नुभयो। उहाँले अहिले सबै उद्योगको लाइन काटेको नभई ६ वटा उद्योगको मात्र लाइन काटिएको बताउनु भयो। उहाँले अरूको चाहिँ किन नकाटेको भन्दै प्रश्न गर्नुभयो।

उद्योग बन्द गराएर मजदुरको बरबादी, उत्पादन भएन, मेसिनहरू रोकिए, बजारमा सामान रोकियो, भोलि हाम्रो सामान बिक्री हुँदैन भनेर बिजुली काट्ने, जोड्ने नगर्न आफूले भनेको बताउनु भयो। आफूले प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बोलाएर उर्जामन्त्री, सचिव, मुख्य सचिव र उद्यमी समेत राखेर छलफल गरेको बताउनु भयो।