अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी राष्ट्रपतिको उम्मेद्वारीबाट बाइडेन पछि हटे, कमलालाई समर्थन

अमेरिकी राष्ट्रपतिको उम्मेद्वारीबाट बाइडेन पछि हटे, कमलालाई समर्थन


वासिंटन – आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार आफ्नो उम्मेदवारीबाट पछि हटेका छन् ।

उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन् ।

बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन् ।

उमेदवारीबाट पछि हटेसँगै पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उमेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन् ।
बीबीसी