अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी १३ साँसदले सोध्धैछन् आज प्रधानमन्त्रीलाई प्रश्न

यी १३ साँसदले सोध्धैछन् आज प्रधानमन्त्रीलाई प्रश्न



काठमाडौं -आजको प्रतिनिधीसभाको बैठकमा १५ जना साँसदहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्दैछन् । संसद सचिवालयका अनुसार दिउसो १ बजे बस्ने संसद बैठकको आजको कार्यसुची प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने रहेको छ । सचिवलायले दिएको जानकारी अनुसार नेपाली काँग्रेसका ७ जना नेकपा एमालेका २ जना नेकपा माओवादी केन्द्रका २ जना राप्रपाका ३ जना,जसपाका १ र नेकपा एसका १ जनाले प्रधानमन्त्रीलाई प्रश्न सोध्धैछन् ।

सचिवालयका अनुसार आज प्रशन सोध्ने सासँदहरुमा दिनेश कुमार यादव,दिपक गीरी,दिपक बहादुर सिंह,दिपा शर्मा,दिलेन्द्र प्रसाद बडु,दिपक कार्की,दिपक बोहोरा र दुर्गा राईले प्रधानमन्त्रीलाई प्रश्न सोध्धैहुनुहुन्छ । यसैगरी दुर्लभ थापा,देवीप्रसाद तिमिल्सिना,देवी प्रकाश भट्टचन र देवेन्द्र पौडेलले पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यसुची छ । यस्तै धनबहादुर बुढा,धनबहादुर गुरुङ र धवल शम्शेर जबराले पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ । आजको संसद बैठक दिउसो १ बजे कार्यक्रम रहेको छ ।