काठमाडौं-बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गर्नुभएको छ।
नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा २०८१ साउन ८ गते मंगलबार दाबी पेस गर्नुभएको हो।
बागमती प्रदेशमा रहेको माओवादी नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यलयले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गर्नुभएको थियो।
एमालेको २७ र कांग्रेसको ३७ गरी ६४ प्रदेश सभा सदस्यको हस्ताक्षर सहित लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।







प्रतिक्रिया