अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानाध्यापक शिक्षक सेवा आयोगबाट ल्याउनुपर्छ: चन्द्र भण्डारी

प्रधानाध्यापक शिक्षक सेवा आयोगबाट ल्याउनुपर्छ: चन्द्र भण्डारी


सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षक सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।

विद्यालय शिक्षा विधेयक संसदमा पेश भएको उल्लेख गर्दै उहाँले त्यहाँ सो कुरालाई समावेश गर्न सरकारसँग माग गर्नुभएको हो।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले विद्यालय तहको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकाले उसले दृढ भएर काम गर्न पनि सो आयोगले चयन गर्नुपर्ने बताउनु भयो।

सांसद भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धान गरिरहेकाहरुलाई विश्वविद्यालयको नेतृत्वमा पुर्‍याउन पनि सरकारलाई सचेत गराउनु भयो।

सांसद भण्डारीले विश्वविद्यालय अहिले नेतृत्व विहीनजस्तो अवस्थामा रहेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो।