अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ सरकार बनेपछि देशमा आशा र भरोसा जागेको छ: सुनिता बराल

नयाँ सरकार बनेपछि देशमा आशा र भरोसा जागेको छ: सुनिता बराल


काठमाडौं-प्रतिनिधिसभा सदस्य सुनिता बरालले बरालले नयाँ बनेको सरकारसँग नेपाली जनताले आशा, विश्वास र भरोसा राखेका बताउनुभएको छ। 

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै बरालले सरकाले विकास र सुशासन दिने कुरामा नागरिकहरू आशावादी भएका बताउनुभयो। उहाँले भन्नुभयो, ‘नवगठित सरकार प्रति स्थायित्व सँगसँगै विकास, सुशासन र नेपाली जनताको समृद्धिको परिकल्पना गरिएको छ।’

बरालले नेपाली नागरिकले सुखी जीवन र समृद्ध नेपालको परिकल्पना साथ यो सरकारको कामलाई नेपालीले कुरिरहेका बताउनुभयो। नवगठित सरकारका प्रधानमन्त्री र मन्त्रीहरूलाई यस कुरामा सफलता मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। 

उहाँले अहिलेको सरकारले विश्वविद्यालयलाई एकीकृत ढङ्गले सञ्चालन गर्ने विश्वास पनि उहाँले व्यक्ति गर्नुभयो। विश्व विद्यालय केवल प्रमाणपत्र वितरण गर्ने निकाय मात्र भएको बताउँदै उहाँले विश्वविद्यालयलाई विचार प्रवाह गर्ने थलो बनाउनु पर्नेमा जोड दिनुभयो । शिक्षा प्राप्त गर्दा पनि सिप प्राप्त नहुँदा नागरिकमा निराशा बढेको उहाँले बताउनुभयो। विद्यार्थीलाई सिपसँग जोड्ने कुरामा विश्वविद्यालयको ध्यान जानु पर्नेमा उहाँले जोड दिनुभयो।