अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रष्टाचार कम गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी कानून निर्माण गर्न आवश्यक: योगेश भट्टराई 

भ्रष्टाचार कम गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी कानून निर्माण गर्न आवश्यक: योगेश भट्टराई 


काठमाडौँ-प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ। 

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा भ्रष्टाचार बढेको बताउनुभयो। उहाँले यस्ता विषयमा सर्वोच्च अदालतले समेत कानुन बनाउन निर्देशन दिएको छिट्टै कानुन बनाउन अवश्यक रहेको बताउनुभयो।

कतिपय विषयमा अदालतले नैतिकताको प्रश्न उठाएको भए पनि त्यो व्यक्तिमा भर पर्ने भएकोले कारबाहीको कानुनी आधार नभएको उहाँले बताउनुभयो। भ्रष्टाचार कम गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी कानुन तत्काल निर्माण गर्न आवश्यक रहेको उहाँको धारणा छ।