अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्रीद्वारा ८ सदस्यीय मन्त्री परिषद विस्तार

लुम्बिनीका मुख्यमन्त्रीद्वारा ८ सदस्यीय मन्त्री परिषद विस्तार


बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले कांग्रेस र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाएका हुन् ।
आज बिहान पद तथा गोपनीयताको शपथ लिएकासँगै मुख्यमन्त्री आचार्यले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । नयाँ मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु, सिता शर्मा रहेका छन् ।
मन्त्रालय भागबन्डामा सहमति नजुटेकोले उनीहरूको मन्त्रालय भने तोकिएको छैन । हाललाई ११ वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई नै तोकिएको छ ।