काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक मर्मत र संरक्षणलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ।
मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा कार्यालयहरुको अनुगमनका क्रममा सडक बोर्ड नेपालमा पुग्नुभएका मन्त्री दाहालले वर्षायाममा यात्रु अलपत्र नहुने गरी सुरक्षित रुपमा सडक मर्मत र सुरक्षामा परिचालित हुन निर्देशन दिनुभएको हो।
अधिकांश नेपाली यात्रु सडक मार्गमानै निर्भर रहेकाले यसलाई अवरुद्ध हुन नदिने गरि सवै कार्यालय र जनशक्ति परिचालित गर्न उहाँको निर्देशन थियो । सडक निर्माणसँगै मर्मत र संरक्षण पनि जरुरी रहेको भन्दै मन्त्री दाहालले मुख्य राजमार्ग, सहायक राजमार्ग तथा ग्रामिण सडकहरुको नियमित मर्मतलाई प्रभावकारी बनाई यातायातलाई सरल र सहज बनाउन समेत उहाँले वोर्डलाई निर्देशन दिनुभयो ।
त्यस क्रममा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले वोर्डलाई प्रभावकारी बनाउने केहि नीतिगत सुधारको कदम अघि बढि सकेको मन्त्री दाहाललाई जानकारी गराउनुभयो । वोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले वोर्डलाई प्राप्त हुने विभिन्न श्रोतको रकम सोझै वोर्डमा प्राप्त हुने कानुनी व्यवस्था रहेकाले त्यसलाई कार्यान्वयन गरि दिन मन्त्री समक्ष माग गर्नु भयो ।
प्रतिक्रिया