अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा सौर्य एयरलाइन्स दुर्घटनाको ब्रिफिङ

प्रधानमन्त्री ओलीद्वारा सौर्य एयरलाइन्स दुर्घटनाको ब्रिफिङ


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे नेपाल नागरिक उड्डययन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट ब्रिफिङ लिनुभएको छ।

विमानस्थलस्थित घटनास्थलको अवलोकनपछि -प्रधानमन्त्री ओलीले उद्धार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिनुभएको हो। उहाँले त्यसअघि दुर्घटनास्थल पुगेर निरीक्षण गर्नुभएको थियो।

सो क्रममा प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताउनुभयो।

घटनाबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउनुहुँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई प्रधानमन्त्री ओलीले निर्देश दिनुभयो।

निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै उहाँले घाइते क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ लाभको कामना गर्नुभयो।

ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्रि पाण्डे, निमित्त मुख्यसचिव लीलादेवी गड्तौला सहभागी हुनुभएको थियो।