अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन 

जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन 


काठमाडौं-सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न आयाेग गठन गरेको छ। आज बसेको आकस्मिक मन्त्रीपरिषद बैठकले छानबिन समिति गठन गरेको हो।

रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो। उक्त समितिको सदस्यहरूमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल रहेका छन्।

मन्त्रिपरिषद बैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ।

आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो।

सरकारले दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।