अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जहाज दुर्घटनामा घाइते क्याप्टेनको अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

जहाज दुर्घटनामा घाइते क्याप्टेनको अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका घाइते क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

बुधबार साँझ केएमसी अस्पताल सिनामंगल पुगेर प्रधानमन्त्री ओलीले शाक्यको स्वास्थ्यबारे जानकारी लिनुभएको हो।

विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भइसकेको छ भने क्याप्टेन शाक्यको उपचार भइराखेको छ। मृतक सबैको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टम भइरहेको छ। सरकारले जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्य जहाज जाँच आयोग गठनसमेत गरिसकेको छ।