अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धोबीखोलाको बुद्धनगर-बबरमहल जोड्ने पुलमा आवागमन बन्द

धोबीखोलाको बुद्धनगर-बबरमहल जोड्ने पुलमा आवागमन बन्द


काठमाडौँ-काठमाडौंको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएपछि पुलबाट आवागमन बन्द गरिएको छ।

काठमाडौं महानगरपालिका वडा नं १० र ११ जोड्ने यस पुलको दायाँबायाँ भीएस निकेतन स्कुल र रोजबड स्कूल रहेकाे छ।

केही दिनदेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले पुल चर्किएको त्यसपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो।