अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमक नगरपालिकाकी पूर्व उपप्रमुख गीता अधिकारी राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त

दमक नगरपालिकाकी पूर्व उपप्रमुख गीता अधिकारी राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त


झापा -नेकपा एमालेकी केन्द्रीय सदस्य एवं दमक नगरपालिकाकी पूर्व उपप्रमुख गीता अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त हुनु भएको छ ।
आज बसेको मन्त्री परिषदको बैठकले उपाध्यक्ष शिवराज अधिकारीसँगै गीतलाई सदस्यमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
ति मन्त्रीका अनुसार अधिकारीसँगै आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय भएको छ । यद्यपी निर्णयको औपचारिक जानकारी सरकारले आइतबार मात्र दिने जनाइएको छ ।
अधिकारी २०७४ २०७९ मा दमक नगरपालिकाकी उपप्रमुख हुनुहुन्थ्यो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदकी उम्मेद्वार अधिकारी झिनो मतले तत्कालिन गठबन्धनसँग पराजित हुनु भएको थियो । अर्थशास्त्र विषयमा एम.फिल.गर्नुभएकी अधिकारीले करिब २७ वर्ष दमक बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नुभएको थियो ।