अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश सरकारबाट आज माओवादी बाहिरिने

कोशी प्रदेश सरकारबाट आज माओवादी बाहिरिने


काठमाडौं- कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिने भएको छ।

कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो।

‘अहिले हामी भेडेटारको एउटा कार्यक्रममा जान लागेका छौं, फर्केपछि हाम्रो संसदीय दलको बैठक बस्छ, त्यसपछि आजै निर्णय लिनेछौं’, कोशी सरकारका वन तथा पर्यटनमन्त्री नारायण बुर्जा मगरले भन्नुभयो ‘मुख्यमन्त्रीले अब बाटो खुला गरिदिनूस् भनेपछि गर्नैपर्‍यो।’
मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारमा मगरसहित माओवादीका तीन मन्त्री र एक जना राज्यमन्त्री छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि पनि माओवादीले कोशी सरकार छाडेको थिएन।

‘मुख्यमन्त्रीले दलको नेतामार्फत् यस्तो सन्देश पठाउनुभएको छ’, मगरले भन्नुभयो ‘त्यसैले आज दिउँसो बैठक बसेर निर्णय गर्नेछौं।’

माओवादीले कोशी सरकार छाड्ने निर्णय लिएपछि कांग्रेसको प्रदेश सरकार प्रवेशको बाटो खुल्नेछ।