अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पीडित परिवारलाई सकेसम्म सहयोग दिलाउँछौं: सौर्य एयरलाइन्स

पीडित परिवारलाई सकेसम्म सहयोग दिलाउँछौं: सौर्य एयरलाइन्स


काठमाडौं-सौर्य एयरलाइन्स प्रालिले बुधबार (साउन ९ गते) त्रिभुवन विमानस्थलमा भएको दुर्घटनाबाट अकल्पनीय क्षति ब्यहोर्नु परेको बताएको छ।

कम्पनीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी ‘यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको’ बताएको हो।

दुर्घटनामा परि प्रतिस्ठित विज्ञहरूको क्षति अकल्पनीय रहेको कम्पनीको धारणा छ।

कम्पनीका अध्यक्ष दीपक कुमार पोखरेलद्वारा जारी विज्ञप्तिमार्फत पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाएको छ।

कम्पनीले भनेको छ, ‘सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठापूर्वक पुर्याउनु भएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जिवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौं।’

कम्पनीले दुर्घटनामा परी निधन भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बाँच्न सफल क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

साउन ९ गते नियमित प्राविधिक परीक्षणका लागि पोखरा उडेको सौर्य एयरलाइन्सको विमान केही सेकेन्डमै त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।

सो विमानमा अधिकांश कम्पनीकै प्राविधिक कर्मचारी रहेका थिए। दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने पाइलट मनीष शाक्य गम्भीर घाइते हुनुभएको छ। उहाँको हाल उपचार जारी छ।