अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा माओवादीका मन्त्रीद्वारा राजीनामा दिने, तत्काल समर्थन फिर्ता नलिने

कोशीमा माओवादीका मन्त्रीद्वारा राजीनामा दिने, तत्काल समर्थन फिर्ता नलिने


विराटनगर-नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीको राजीनामा दिने भएको छ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आज विराटनगरमा पत्रकार सम्मेलन गरी तत्काल प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने  जानकारी दिनुभएको हो।

आज नै मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाउने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको नेता आङ्बोले बताउनुभयो। उहाँले भन्नुभयो, ‘तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौँ ।’

गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबिच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिन लागेको हो।

कोशी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती , स्वास्थ्यमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायणबहादुर मगर मन्त्री छन् । यस्तै पर्यटनमा वन्दना झागर राज्यमन्त्री छन् ।

संविधानको धारा १६८(५) अन्तर्गत एमालेका ३९ र माओवादीका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा हिक्मतकुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।