अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२८ मजदुरको उद्धार गरेकोमा प्रधानमन्त्री ओलीद्वारा सचिव भट्टराईलाई धन्यवाद

२८ मजदुरको उद्धार गरेकोमा प्रधानमन्त्री ओलीद्वारा सचिव भट्टराईलाई धन्यवाद


काठमाडौं-भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई धन्यवाद दिनुभएको छ।

रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महीनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हो। 

प्रधानमन्त्री ओलीले बन्धक बनाइएका २८ मजदुरको उद्धार गरी नेपाल ल्याइएको टाेलीलाई धन्यवाद दिनुभएको हो।

मानव बेचबिखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने पनि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘मानव बेचविखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउनेछ। उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराईसहित टोलीलाई धन्यवाद !!’

उद्धार गरिएका सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई  शुक्रवार नै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ। उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली सक्रिय थियो।